८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकामाथि रुसी प्रतिबन्धः नौ सय ३६ जनाको सूचीमा बाइडेन, ट्रम्प परेनन्

रुसले आफ्नो मुलुकमा प्रवेश प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिहरुको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र अमेरीकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्। 

तर, उक्त सूचीमा पूवराष्ट्रपति डोनाल्ड ट्रम्पको नाम भने समावेश भएको छैन। आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका कारण उनको नाम समावेश नभएको आंकलन गरिएको छ। पछिल्लो सूचीलाई रुसले पश्चिमी प्रतिबन्धहरूविरुद्ध बदला लिने प्रतीकात्मक कदमको रूपमा हेरिएको छ। 

सूचीमा रुस प्रवेशमा स्थायी रूपमा प्रतिबन्धित ९ सय ६३ अमेरिकी व्यक्तिहरुको नाम समावेश छन। युक्रेन आक्रमणको पूर्व सन्ध्यामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धका कारण रुसको अर्थतन्त्रमा असर परेपछि रुसले एक पछि अर्को खतरनाख निणर्यहरु लिईरहेको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App