८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सूचना जारी

जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ। जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन। 

यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सूचना जारी गरिएको समाचारमा जनाइएको छ।

उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन। अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन्।  

प्रकाशित: ८ जेष्ठ २०७९ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App