२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।

उनले पूर्व प्रधानमन्त्री समेत रहेका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गरेकाे अधिकारीहरूले जानकारी दिएका छन्।

उनले आफूले भने यही मे १० मा सपथ लिएका थिए। नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री भएका थिए। उनले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गरेका थिए।

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उनले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उनले काम गरेका थिए। प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो।

प्रकाशित: ७ जेष्ठ २०७९ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App