१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'इथियोपियामा मानवीय सहायताका पर्याप्त भएन'

संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ। उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ।

पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि त्यो पर्याप्त नरहेको र नागरिकले खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघीय सो निकायले जनाएको छ। टिगरेमा लामो समयदेखि द्वन्द्व जारी रहेको छ। यही द्वन्द्वका कारण यहाँका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बुधबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो।

सो एजेन्सीले सो क्षेत्रमा पछिल्लो समयमा १६९ ट्रकमा ४ हजार ३०० मेट्रिक टन खाद्यान्न ल्याइएको भन्दै सो खाद्यान्न अपुग भएको बताएको हो। अहिले पनि सो क्षेत्रमा मात्र १० लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन्।

उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ। तर पनि दिनमा बढीमा आठ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ। टिगरेमा यहाँका द्वन्द्वग्रस्त समूहहरुले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ।

टिगरेबाट मात्र २ लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन्। यहाँ संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन थाले पनि अहिले त्यो पर्याप्त नभएको बताइएको छ।

प्रकाशित: २३ वैशाख २०७९ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App