१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा भारी वर्षाका कारण ८० जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको छ। यस्तै, प्रकोपमा परि एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।

यसैगरी उत्तर प्रदेशका विभिन्न ठाउँहरू बाट मौसमी प्रकोपका कारण पशुधन, आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको  रिपोर्ट गरिएको छ। तीव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरुलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिए।

सबैभन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लग–भग २० जनाको मृत्यु भएको जनाइएको छ।सिन्ह्वा

प्रकाशित: ३१ वैशाख २०८३ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App