१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिहारमा भागदौड : ८ जनाको मृत्यु, १० घाइते

बिहारको नालन्दास्थित गणेश मन्दिरमा भएको भागदौडमा आठ जना महिलाको मृत्यु भएको छ।  

मंगलबार बिहान शितलाष्टमी मन्दिरमा भागदौड हुँदा आठ जनाको मृत्यु भएको र धेरै घाइते भएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

ठूलो भीडभाड र उचित व्यवस्थाको अभावका कारण यो घटना भएको प्रहरीले बताएको छ। दुर्घटनापछि राहत र उद्धार कार्य सुरु गरिएको छ।  

यद्यपी प्रशासनले अहिलेसम्म मृत्यु हुने श्रद्धालुहरूको संख्या पुष्टि गरेको छैन। घटनामा लगभग १० देखि १२ जना घाइते भएका बताइएको छ।

घाइतेहरूलाई उपचारको लागि सदर अस्पताल पठाइएको र मन्दिर परिसर पूर्ण रूपमा खाली गराइएको बताइएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App