१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यूक्रेन रूससँगको वार्ताका लागि अझै तयार छ: जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बताएका छन्। किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न यूक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए।

बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, 'यूक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ।'

'दुःखको कुरा, हामी समानान्तर रूपमा महत्वपूर्ण युद्धहरूको तयारी देख्छौं, केही मानिसहरूले पूर्वमा निर्णायक युद्धहरू भन्छन्,' उनले पूर्वी क्षेत्रमा रूसी आक्रमणको संकेत गर्दै भने।

'कूटनीतिज्ञद्वारा यस युद्धको अन्त्य गर्न हामी लड्न र समानान्तर रूपमा हेर्न तयार छौं,' उनले थपे। दुई पक्षबीच मार्च २९ मा अन्तिम पटक प्रत्यक्ष वार्ता भएको सो क्रममा यूक्रेनी वार्ताकर्ताहरुले तेस्रो पक्षबाट सुरक्षा प्रत्याभूतिको बदलामा तटस्थता स्वीकार गर्न तत्पर रहेको जनाएको बताइएको छ।

जेलेन्स्कीले भने, 'पूर्व र दक्षिणमा हामीले हाम्रो इलाकाको अर्को भागमा कब्जा गर्न तयार भएका हतियार, उपकरण तथा फौजहरूको एकाग्रता देखेका छौं।' 'कुनै पनि नयाँ रूसी आक्रमणको नतिजा ‘विभिन्न कारकहरू’मा निर्भर हुनेछ,' उनले भने।

यूक्रेनको शक्ति,साझेदारहरूले हामीलाई कति चाँडो हतियार आपूर्ति गर्छन् भन्नेमा रहेको बताए। उनले रूसी नेता भ्लादिमिर पुटिन अझै अघि बढ्ने देखिएको बताए।

प्रकाशित: २७ चैत्र २०७८ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App