१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनका विषयमा पुनः मतदान गर्ने

संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ। महासभाका प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो।

महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुनस् शुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ। प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र छलफलको प्रक्रियामा छ।

कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि  विशेष आह्वान गरिएको छ।

प्रकाशित: ८ चैत्र २०७८ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App