१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने 'भयानक रकेट आक्रमण' को निन्दा गरेका छन्।

'भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो,' कुलेबाले ट्विट गर्दै भनेका छन्। 'हाम्रो राजधानीलाई पछिल्लो पटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव गरेको थियो।' उनले थप जानकारी दिएका छन्।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए। टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन्। 

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो। हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकूको नियन्त्रण छ। यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App