१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु

मङ्गलबार बिहान पश्चिमी बुल्गेरियाकाे एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ। 

उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन्। 

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको हो। दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन।

प्रकाशित: ७ मंसिर २०७८ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App