१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प : छ देशमा धक्का, ठुलो क्षतिको आशंका

उत्तरी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार बिहान मजार-ए-शरीफ सहर नजिकै खोल्मबाट करिब २२ किलोमिटर टाढा २८ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। खोल्ममा करिब ६५ हजार र मजार-ए-शरीफमा करिब ५ लाख २३ हजार मानिस बसोबास गर्छन्।

मजार-ए-शरीफमा मध्यरातमा धेरै मानिस घर भत्किने डरले सडकमा निस्किएका थिए। भूकम्प अफगानिस्तानसहित पाकिस्तान, भारत, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस भएको बताइएको छ।

हताहत वा क्षतिको विवरण तत्काल स्पष्ट भएको छैन। अफगानिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारे जानकारी सार्वजनिक गर्ने जनाएको छ। सर्वेक्षणको स्वचालित प्रणालीले ‘ओरेन्ज अलर्ट’ जारी गर्दै ठुलो हताहत र व्यापक प्रकोपको सम्भावना रहेको उल्लेख गरेको छ। सयौँ हताहत हुन सक्ने अनुमान गरिएको छ।

यो भूकम्प दुई महिनाअघि पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो। उक्त भूकम्पमा २२ सयभन्दा बढीको मृत्यु भएको थियो।

अफगानिस्तानमा भूकम्प सामान्य मानिन्छ, विशेषिहिन्दुकुश पर्वत शृंखलामा जहाँ युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू जुध्छन्। एजेन्सी

प्रकाशित: १७ कार्तिक २०८२ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App