१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साना देशले विश्वलाई नेतृत्व नगर्ने चीनको दाबी

जी–७ समूहको बेलायतमा जारी बैठकलाई लक्षित गर्दै चीनले साना देशका समूहले विश्वको भविश्य निर्धारण गर्ने दिन समाप्त भएको बताएको छ।

चीनको विश्वव्यापी प्रभावलाई निस्तेज गर्न जी–७ समूहले संयुक्त अवधारणा ल्याएको सन्दर्भमा चिनियाँ दूतावासका प्रवक्ताले उक्त विचार व्यक्त गरेका हुन्। जी–७ समूहले चीनले विश्वका विभिन्न विकासोन्मुक देशमा भौतिक संरचना निर्माण गर्न अगाडि बढाएका योजनाको प्रतिस्पर्धामा यी देशमा बृहत् स्तरमा लगानी गर्ने बताएको छ। 

यसैगरी, चीनको बढ्दो प्रभाव रोक्न पश्चिमा शक्ति एक भएर लाग्नुपर्ने धारणा अमेरिकी राष्ट्रपति जो बाइडेनको छ। बैठकको अन्तिम दिन आइतबार जी–७ समूह जलवायु परिवर्तन र भौतिक पूर्वाधार निर्माणका लागि सहयोगको घोषणा गर्ने तयारीमा छन्।

चीनको बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआई)को विकल्पका रूपमा अमेरिकाले विल्ड व्याक वेटर वर्ल्ड (बी३डब्लु) योजना अगाढी सारेको छ। बिआरआईले विभिन्न देशमा रेल, सडक तथा बन्दरगाह निर्माणमा सहयोग गर्दै आएकोछ। तर यो सहयोगले कतिपय देश ठूलो क्रृणको भारमा परेको आलोचक बताउँछन्।

पश्चिमा देशले यस्तो तयारी गरिरहेका बेला लन्डनस्थित चिनियाँ राजदूतावासका एक प्रवक्ताले रोयटर्सलाई भनेका छन्, ‘साना देशले विश्वका बारेमा निर्णय गर्ने दिन गइसकेका छन्। साना, ठूला, धनी, गरिब सबै राष्ट्र समान छन् र आपसी छलफलमार्फत विश्वका विभिन्न ज्वलन्त समस्याको समाधान हुनु पर्दछ।’

यसअघि शनिबार विश्वका धनी राष्ट्र समावेश रहेको जी–७ समूहले उनीहरूको पूर्वाधार विकास योजना साझेदारिता ‘मूल्यमा आधारित, उच्चस्तरका र पारदर्शी’ हुने बताएका थिए। तर यो योजना कसरी कार्यान्वयन हुनेछ भनेर विस्तृत जानकारी दिइएको छैन।

बिबिसीका राजनीतिक सम्वाददाता रव वाट्सनका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले महामारीपछिको विश्वमा प्रजातन्त्र र निरंकुशतन्त्रबीच संघर्ष बढ्ने तर्क गरेका छन्। तर जी–७ समूहका राष्ट्रबीच चीनलाई साझेदार, प्रतिस्पर्धी अथवा सुरक्षा चुनौती के मान्ने भनेर एकमत हुन सकेका छैनन्। यसैगरी, विश्वमा भविश्यमा आउने सक्ने महामारी नियन्त्रणका लागि पनि जी–७ समूह योजना ल्याउने तयारीमा छन्।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App