१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई महिने शिशुको शव छोडेर बाबुआमा फरार

भारतमा विभिन्न किसिमका अनौठा घटनाहरु घटिरहेका हुन्छन्। हालै कोरोनाकालमा जम्मुमा एक यस्तो घटना घटेको छ, जसले अस्पतालका कर्मचारीलाई चकित पारिदिएको छ। एक दाम्पतीले आफ्नो दुई महिनाको बच्चाको शवलाई अस्पतालमा छोडेर भागेको खबर आएको छ। यो घटना जम्मुको के श्री महाराजा गुलाबसिंह अस्पतालमा भएको घटना हो।  

दुई महिने शिशुको हृदयमा जन्मजात समस्या रहेको र यसै समस्याको कारण उनको ज्यान गएको बताइएको छ। कोरोना टेस्ट पोजेटिभ आएपछि उनका आमा बुवाले शव नै नबुझी फरार भएको र सम्पर्कविहीन रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यम अनुसार हाल शिशुलाई मुर्दा घरमा राखिएको छ। यदि शव लिन नआएको खण्डमा अस्पतालको नियम अनुसार नै दाहसंस्कार गर्ने प्रचलन रहेको अस्पतालले जनाएको छ। शिशुका मातापिताको खोजी भईरहेको छ।

प्रकाशित: २१ वैशाख २०७८ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App