१९ वैशाख २०७८ आइतबार
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन डेढ लाखमा कोरोना संक्रण पुष्टि

कोरोना भाइरस महामारीको दोस्रो लहरले भारतमा ठूलो विनाश गरिरहेको छ। यसैबीच भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार भारतमा बितेको २४ घण्टामा डेढ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार एकैदिन  एक लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ९४ जनाको संक्रमणबाट ज्यान गएको छ।  यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ। जसमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।

हाल भारतमा १० लाख ४६ हजार ६ सय ३१ जना सक्रिय संक्रमित रहेका छन्। यी संक्रमणसंगै संक्रमित देशहरूमा भारत तेस्रो स्थानमा छ।

प्रकाशित: २८ चैत्र २०७७ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?