४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका एक महिलासहित चार जनाको गोली हानी हत्या गरिएकाे छ। 

पाकिस्तानको कराची शहरको पोश क्षेत्रमा कारमा सवार एक महिलासहित चार जनालाई गोली हानी हत्या गरिएको हाे।  उक्त चार जनाले टिकटककाे लागि भिडियो बनाउँदै गर्दा साे घटना घटेको हो।  

प्रहरीका अनुसार दुई जनाको नाम मुस्कान र अमिर हो। अरु दुई व्यक्ति उनका साथी रेहन र सज्जाद हुन्। मुस्कानले आमिरलाई सोमबार भेट्न बोलाएका थिए। आमिर र अन्य ३ जना शहर घुम्दै टिकटकको लागि भिडियोहरू पनि बनाउँदै थिए। सोही क्रममा अज्ञात आक्रमणकारीहरूले उनीहरुलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।  

महिला कारमा मृत भेटिएकी थिइन भने तीनजना कार बाहिर मृत भेटिएका थिए। अक्टोबरमा पाकिस्तामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर यो प्रतिबन्ध नौ दिन पछि हटाइएको थियो।

प्रकाशित: २१ माघ २०७७ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App