९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटबारे वार्ता हुने

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ। सो वार्ता सोमबार हुन लागेको हो।  

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको ब्रेक्जिटका विषयमा वार्ता हुन लागेको हो।  

शनिबार उनीहरुकाबीचमा भएको फोनवार्ताका क्रममा सो विषयमा सहमति भएको थियो। त्यस अवसरमा सोमबार साँझ सो वार्ता गर्ने विषयमा सहमति भएको थियो। साथै यस विषयमा दुई नेताबीच समय समयमा वार्ता गर्ने बारेमा पनि सो फोनवार्ताका क्रममा सहमति भएको थियो।  

बेलायतका प्रधानमन्त्रीको कार्यालयबाट प्रकाशित भएको विज्ञप्तिमा उनीहरुबीच कुराकानी हुने बारेमा जानकारी गराइएको छ। साथै सो वार्तामा विभिन्न आर्थिक तथा अरु द्धिपक्षीय विषयहरुमा पनि छलफल हुने बताइएको छ। 
रासस

प्रकाशित: २२ मंसिर २०७७ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App