१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सय दिन मास्क लगाउनुस्: बाइडेन

अमेरिकाको राष्ट्रपति पदमा विजयी जो बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि अमेरिकीलाई १ सय दिन मास्क लगाउन अनुरोध गर्ने बताएका छन्। उनको यो भनाइसँगै उनको भाइरस नियन्त्रणको प्रयास वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकोभन्दा व्यापक फरक हुने देखिएको छ। सिएनएनलाई बिहीबार दिएको एक अन्तर्वातामा उनले भनेका छन्, ‘मात्र १०० दिन मास्क लगाउँ, सधैं होइन। यस्ले भाइरस संक्रमणलाई व्यापक रुपमा घटाउनेछ।’

उपराष्ट्रपति पदमा विजयी कमला ह्यारिस र बाइडेनले निर्वाचित भएपछि दिएको पहिलो अन्तवार्तामा जनवरी २०मा पदभार सम्हालेपछि पहिलो वर्षमा दिइने प्राथमिकताका बारेमा चर्चा गरे। उनले नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेजका निर्देशक एन्थोनी फाउसीलाई प्रमुख मेडिकल सल्लाहकार पदमा बस्ने अनुरोध गरेको समेत बताए। ‘मैले उनलाई अमेरिकाका यसअघिका विभिन्न राष्ट्रपतिलाई दिएको सेवा जस्तै दिन र कोभिड टिममा सहभागी हुन र राष्ट्रपतिको प्रमुख मेडिकल सल्लाहकार रहन अनुरोध गरेकोछु,’ राष्ट्रपति बाइडेनले भने।

अमेरिकाको सेन्टर फर डिसेज कन्ट्रोल एण्ड प्रिभेन्सनले मास्क लगाउदा मास्क लगाएको व्यक्ति र उस्को वरपर रहेकालाई भाइरस संक्रमण नहुने बताउँदै आएकोछ। नवनिर्वाचित राष्ट्रपति बाइडेनले चुनावी अभियानमा समेत मास्क लगाएका थिए भने वर्तमान राष्ट्रपति ट्रम्पले मास्कप्रति अनुदार रबैया अपनाउँदै आएका छन्।

सिएनएनसँगको अन्तर्वातामा बाइडेनले अर्थतन्त्रलाई प्रभाव नपारी संक्रमण नियन्त्रणका प्रयासलाई व्यापकता दिइने बताए। उनले फाउसीले सुरक्षित छ भनेपछि आफूले खुशीसाथ सार्वजनिक रुपमा कोरोना खोप लगाउने पनि बताए। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, जर्ज बुश र बाराक ओवामाले खोपप्रति आममानिसको विश्वास बढाउन गत बुधवार खोप लगाउने घोषण गरेका थिए। खोप लगाउन कतिपय अमेरिकीले अनिच्छा व्यक्त गरेका छन्।

प्रकाशित: २० मंसिर २०७७ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App