८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरोना संक्रमण फैलिएको छैन भनिएको उत्तर कोरियाका शासक किमले किन लगाए खोप?

किम

उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उन र उनको परिवारले चीनले दिएको  कोरोनाविरुद्धको खोप लगाएको अमेरिकाका विश्लेषकले दाबी गरेका छन्। 

रोयटर्सका अनुसार जापानी जासुस स्रोत उधृत गर्दै अमेरिकी विश्लेषकले मंगलबार त्यस्तो दाबी गरेका हुन्।  

अमेरिकाको वासिङ्टनस्थित इन्टरेस्ट थिङ्क टयांक केन्द्रका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसले किमको परिवारसहित उत्तर कोरियाका धेरै जना वरिष्ठ अधिकारीले कोरोनाविरुद्ध चिनियाँ खोप लगाएको बताएका हुन्।  

तर किमलाई कुन कम्पनीको खोप लगाइयो र त्यो सुरक्षित थियो वा थिएन स्पष्ट जानकारी पाइएको छ,’ उनले भनेका छन्।  

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षण क्रममा छन्। तीमध्ये एउटा खोप चीनकै करिब १० लाख नागरिकलाई लगाइएको छ।  

उत्तर कोरियामा हालसम्म कोरोना भाइरस संक्रमण भए नभएको केही जानकारी सार्वजनिक गरिएको छैन। 

प्रकाशित: १६ मंसिर २०७७ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App