coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्विटरले भन्योः जनवरी २० मा अमेरिकी राष्ट्रपतिको ट्विटर ‘अकाउन्ट’ बाइडेनलाई हस्तान्तरण गरिनेछ

बाइडेन

चुनावमा आफ्नो हार भइसक्दा पनि अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार नगरिरहेका बेला ट्विटर कम्पनीले त्यहाँको राष्ट्रपतिको ट्विटर अकाउन्ट आगामी २० जनवरीका दिन ननिर्वाचित राष्ट्रपति जो बाइडेनलाई हस्तान्रण गरिने जनाएको छ। 

अमेरिकामा नयाँ राष्ट्रपतिले जनवरी २० का दिन पद सम्हाल्ने परम्परा छ। बाइडेनले राष्ट्रपतिको शपथ लिनासाथ अमेरिकाको राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल पोटस (प्रेसिडेन्स अफ युएस वा पिओटियुएस) हस्तान्तरण गरिने ट्विटरले जानकारी दिएको हो।  

ट्विटर कम्पनीका अनुसार खाता हस्तान्तरण गर्ने बेला अहिलेका राष्ट्रपति ट्रम्पको समूह र नवनिर्वाचित राष्ट्रपति बाइडेनको समूहबीच सूचना आदानप्रदान गरिरहन पर्दैन।  

यस खाताबाट भएका सबै ट्विट संग्रह गरिनेछ र शपथ ग्रहणका दिन कुनै पनि ट्विटबिनाको अकाउन्ट हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।  

ट्विटरका प्रवक्ता निक पेसिलियोले भनेका छन्, ‘ट्विटरले जनवरी २० मा ह्वाइटहाउसलाई आधिकारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। यसैगरी नवनिर्वाचित उपराष्ट्रपतिको ट्विटर अकाउन्ट पनि हस्तान्तरण गरिने उनले जानकारी दिएका छन्। 

प्रकाशित: ७ मंसिर २०७७ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App