७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक: चिनियाँ विदेश मन्त्रालय

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियान।

प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङ झाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो-याएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चाताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आँफूले देशको नियम र कानूनको पालना गरेकोमा पश्चाताप नहुने बताएपछि चीनको प्रतिक्रिया आएको हो।

ट्रुडोले एसिया प्यासिफिक आर्थिक सहकार्य (एपेक) को प्रमुख कार्यकारी अधिकृतसँगको वार्तामा भनेको कुरालाई लिएर चीनको प्रतिक्रिया आएको हो। ट्रुडोले भने, ‘के म क्यानाडाले आफ्नो कानुनलाई पालना गर्दा पछुतो मानौँ। क्यानाडाले आफ्नो निकट सहयोगीसँगको लामो समयदेखि पालना गर्दै आएको सुपुर्दगी सन्धिको पालना गर्दा पश्चाताप गरौँ ? पक्कै पनि हुँदैन।’

झाओले प्रतिक्रिया दिए, ‘किन क्यानाडा मात्रैै एउटा यस्तो मुलुक भएको छ जसले सुपुर्दगी सन्धिलाई पालना गर्नुपर्ने? किन अमेरिकाका सहयोगी अन्य मुलुकले यो जिम्मेवारीलाई मान्दैनन्।’

किनकि उनीहरू अमेरिकाको भद्दा हस्तक्षेपमा सहमत छैनन्। उनीहरूले अमेरिकाको निजी स्वार्थ र सन्तुष्टिका लागि आफ्ना नागरिकको विपरितमा केही काम गर्दैनन्।  

मेङ वाङ झाउको मुद्दामा चीनको अडान निरन्तर स्पष्ट तथा एउटै रहेको झाओले बताए।

क्यानाडाले तथ्यलाई तोडमोड गरेको र वास्तविकतालाई लुकाएर क्यानाडेली नागरिकलाई नै गलत बाटोमा लान खोजेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ।

हामीलाई थाहा छ, क्यानाडाका स्पष्ट तथा दूरदर्शी राजनीतिज्ञ, कानुनविद्, न्यायाधीश र पूर्व कुटनीतिज्ञहरूले खुला रूपले क्यानाडेली सरकारलाई मेङ वाङ झाउको मुद्दाबारे स्वतन्त्र निर्णय लिन माग गरिरहेका छन्। यसलाई क्यानाडेली नेतृत्वले बुझ्न जरुरी छ।
रासस

प्रकाशित: ६ मंसिर २०७७ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App