४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नान्सी पेलोसी सभामुखमा यथावतै रहने डेमोक्रेट पार्टीको निर्णय

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ।

अब आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ। हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ।

सभामुख पेलोसीले राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग मिलेर कार्य गर्न आफू तत्पर रहेको बताएकी छन्।

सन् २०१९ मा पेलोसीले आफू अरु चार वर्षका लागि मात्र सभामुख हुन चाहेको बताएकी थिइन्। हाउस डेमोक्रेटका सदस्यहरुले यसै साता सदनभित्रका विभिन्न पदहरुको नेतृत्वका बारेमा पनि निर्णय गर्दैछन्।

हाउसका एक तिहाई सदस्यका लागि भएको चुनावमा डेमोक्रेट पार्टीले १० स्थान गुमाएको थियो। यही कारण हाउसमा डेमोक्रेटको झिनो बहुमत कायम भएको छ।

सभामुख पेलोसीले अमेरिकाका अघिल्तिर रहेका जल्दाबल्दा समस्याहरु जस्तै स्वास्थ्य सेवाको विस्तार, पर्यावरण संरक्षणको सबलीकरण, नीतिगत तहमा पुनर्संरचना र अर्थतन्त्रमा रहेका व्यापक जातीय विभेदलाई सम्बोधनजस्ता विषयमा राष्ट्रपति–निर्वाचित बाइडेनसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

डेमोक्रेटको हाउस कमिटीले बुधबार नै हाउस बहुमत नेतामा स्टेनी होयर र बहुमत ह्वीपमा जेम्स क्लाइबर्नलाई पुनः निर्वाचित गरेको छ।
रासस

प्रकाशित: ५ मंसिर २०७७ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App