४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेल कारको बिक्री बन्द हुने

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्री बन्द हुने भएको छ। यो कदम बेलायत सरकारले जलवायु परिवर्तन र परमाणु उर्जा जस्ता उद्योगमा नयाँ रोजगारी सृर्जना गर्ने उदेश्यका साथ अघि बढाएको हो।

प्रधानमन्त्री बोरिस जोनसनले यस योजनालाई 'हरित औद्योगिक क्रान्ति' को नाम दिएका छन्। उनले यो बुधबार घोषणा गरेका हुन्।

यो निर्णयलाई पर्यावरण अभियान्ताहरुले जलवायु परिवर्तनको समस्याबाट बाहिर निस्कने दिशाको ऐतिहासिक मोड भएको बताएका छन्।

बेलायत सरकारले यो योजनाबाट सन् २०५० सम्म देशमा कार्बन उत्सर्जन अन्त्य गर्ने योजनालाई सहयोग पुग्ने बताएको छ।

 

 

 

प्रकाशित: ३ मंसिर २०७७ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App