अमेरिकामा राष्ट्रपतीय चुनावको मत गणना भइरहँदा राजधानी वासिङटन डिसीमा भने वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन भइरहेको छ।
सयौं मानिस सडकमा निस्केर जुलुस गर्दा केही सडकमा यातायातसमेत अवरुद्ध भएको बिबिसीले जनाएको छ।
प्रदर्शनकारीले ‘हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्’ नारा लगाएका छन्।
सामान्यतया प्रदर्शन शान्तिपूर्ण भएपनि ह्वाइट हाउसबाहिर केही तनाव भएको र तीन जनालाई गिरफ्तार गरिएको एनबिसी समाचार संस्थाले जनाएको छ।
सिबिएस न्युजका रिपोर्टर क्रिस्टिना रफिनीले वासिङ्टन डिसीमा भइरहेको विरोध प्रदर्शनको दृश्य आफ्नो ट्विटरमा राखेकी छन्।
हेर्नुहाेस् :
अन्य राज्यमा पनि साना विरोध प्रदर्शन भइरहेका छन्।
यो पनि पढ्नुहोस्
अमेरिकाको राष्ट्रपतीय निर्वाचन अपडेट : बाइडेन र ट्रम्प थाेरै मतान्तरले अघि पछिप्रकाशित: १९ कार्तिक २०७७ ०८:४० बुधबार