coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अजरबैजान-अर्मिनिया युद्ध : क्षेप्यास्त्रले गयो २१ सर्वसाधारणको ज्यान

अजरबैजान र अर्मिनियाबीच जारी युद्धक क्रममा बुधबार क्षेप्यास्त्र आक्रमणमा परी २१ सर्वसाधारणको मृत्यु भएको छ।  

बिबिसीका अनुसार अजरबैजान तर्फका नागरिकको मृत्यु भएको हो। 

तर क्षेप्यास्त्र कसले प्रहार गरेको हो भन्ने विषयमा अजरबैजान र अर्मिनियाले एक अर्कालाई दोष लगाएका छन्।  

नागार्नो–काराबाख क्षेत्र आफ्नो भूमि भएको दाबी गर्दै गत गत सेप्टेम्बर २७ दुई देशबीच युद्ध भइरहेको हो।  

रुसको मध्यस्थतामा युद्धविरामको सम्झौता भए पनि दुवै देशका सेनाले उल्लंघन गरेका हुन्।

युद्धका कारण दुवै देशका सयौं सेना तथा सर्वसाधारणको मृत्यु भइसकेको छ। 

प्रकाशित: १३ कार्तिक २०७७ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App