१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति चुनावमा एक लाख नेपाली भाषी मतदाता

अमेरिकी राष्ट्रपति निर्वाचनमा एक लाखभन्दा बढी नेपाली भाषी मतदाता सहभागी हुने देखिएको छ। पछिल्लो मतदाता नामावली सार्वजनिक हुँदा डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यरिटीले दिएको जानकारी अनुसार नेपाली मतदाता ५० हजार भन्दा बढी र नेपाली भाषी भुटानी ५० हजारको हाराहारीमा रहेको उल्लेख छ।    राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकामा रहेका नेपाली र नेपाली भाषी अमेरिकनहरुमा चुनावप्रति चासो र सक्रियता बढ्न थालेको हो।  

अमेरिकी समय अनुसार आज आईतबार नेपलिज् अमेरिकन फर विडेन नामक समूह र वेबसाईड सार्वजनिक गरिएको छ।   निर्वाचनमा राष्ट्रपति उम्मेदवार जोय वाईडेनलाई जिताउन स्थापित समूहको आज भएको जुम बैठकमा मेरील्याण्ड राज्यका डेलिगेड्स ह्यारी भण्डारीको संयोजकत्वमा स्थापित समितिमा विभिन्न ३५ भन्दा बढी राज्यहरुबाट अमेरिकी राजनीतिमा सक्रिय नेपाली तथा नेपाली भाषी भुटानीहरु सक्रिय रहेका छन्।  

बैठकमा अमेरिकी डेमोक्रेटिक पार्टीका शक्तिशाली सिनेटर क्रिस भान होलेनले नेपाली अमेरिकनहरुलाई अमेरिकी राजनीतिमा सहभागी हुन आव्हान गर्दै टिपिएसको नविकरणका लागि आफुले अमेरिकी सिनेटमा लविड गर्ने प्रतिवद्धता प्रकट गरे।   यस बैठकमा  अमेरिकन राजनीतिज्ञ चर्चित सिनेटर क्रिस भ्यान होलेन, कांग्रेसओम्यान लिण्डा सेन्चेज, एएपीआईका बेल होङ र रोबी लिओनार्ड, मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीका साथै विभिन्न राज्यहरुबाट अमेरिकन राजनीतिमा सहभागी नेपालीको सक्रिय सहभागीता रहेको थियो।  

यस कार्यक्रमले अमेरिकी राजनीतिमा चासो राख्नेहरुका लागि अमेरिकी मुलधारको राजनीतिमा सहभागी हुन सहज हुने  ह्यारी भण्डारीले नागरिक न्यूजलाई बताए।   यो शुरुवात हो र हामीले अमेरिकी राजनीतिमा आफ्नो प्रभाव र सहभागीता देखाएर मुलधारको राजनीतिमा प्रवेश गर्नेहरुका लागि आगामी दिन सजिलो हुने विश्वास छ।   नेपाली भाषी भुटानीकोतर्फबाट ओहायो राज्यको रेनल्सवर्ग सीटी काउन्सिल म्यान रहेका भुवन प्याकुरेलले दिएको जानकारी अनुसार अमेरिका आएका ८८ हजार नेपाली भाषी भुटानीहरुमा ५० हजारभन्दा बढी अमेरिकी नागरिकता लिई सकेकोले छ। सन् २००८ बाट ओरिकाक आउन शुरु गरेका नेपाली भाषी भुटानीहरु सन २०१७ सम्म ८८ हजार भन्दा बढी आएका हुन्।   अमेरिकाका रहेका नेपालीहरु एसियन मुलुलका अन्य समुदाय भन्दा अमेरिकी राजनीतिमा कम सहभागी रहेका छन्।   कारण भाषा र नेतृत्व लिनेहरुको अभाव जस्तो देखिन्छ।   पहिलो पल्ट मेरिल्याण्डबाट ह्यारी भण्डारीले अमेरिकी राजनीतिको उपल्लोस्तरमा सहभागीता जनाएपछि नेपालीहरु अमेरिकी राजनीतिमा आउन जुर्मुराउन थालेका छन।  

अमेरिकी राष्ट्रपति चुनाव आउन अब ४२ दिनमात्र बाँकी रहेको छ।   तर चुनाव कस्ले जित्छ त्यो थाहा पाउन भने विगतका चुनावको तुलनामा लामो समय प्रतिक्षा गर्नुपर्ने छ।   हुलाकमार्फत मतपत्र पठाएर मतदान शुरु भई सकेको छ।   जम्मा ५ सय ३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ।  

 

 

प्रकाशित: ५ आश्विन २०७७ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App