९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू : बाइडेन

अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकलाई विश्वास गर्ने तर अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन्।  

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको उनको आरोप छ।  

ट्रम्पका गतल कदमले अमेरिका र अमेरिकी नागरिकलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयमा मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।  

बाइडेनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुन सक्ने आशंका पनि गरेका छन्। सार्वजनिक स्वास्थ्य विज्ञसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामबारे परामर्श गरेपछि उनले यस्तो बताएका हुन्।  

उनले भने, ‘म वैज्ञानिकलाई विश्वास गर्छु, खोपमा विश्वास गर्छु, तर डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ।’ उनले अमेरिकी नागरिकले पनि आफूले जस्तै वैज्ञानिक र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी पनि गरे।  

प्रकाशित: २ आश्विन २०७७ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App