२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले खोप बनाउने हाम्रो ‘आइडिया’ यसरी चोर्ने कोसिस गरिरहेको छ : अमेरिका

सांकेतिक तस्बिर

समयमै सूचना नदिएका कारण आज कोरोना भाइरस विश्व महामारी बनेको भनेर आरोप लगाइरहेको अमेरिकाले चीनविरुद्ध अर्काे आरोप लगाएको छ ।  

कोरोनाविरुद्ध खोप विकास गरिरहेको अमेरिकी कम्पनीको अनुसन्धान चोरी गर्न चीनले ह्याकर खटाएको आरोप अमेरिकाले लगाएको हो ।  

ली सियाओयु र डंग जियाजी नामका दुई चिनियाँ नागरिक ह्याकिङमा  खटिएको अमेरिकी अधिकारीको आरोप छ ।    

हालै युके, अमेरिका र क्यानडाले रुसविरुद्ध यस्तै आरोप लगाएको थिए ।  

ह्याकर भएका आरोप लगाइएका ती दुई चिनियाँ नागरिक यसअघि इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थी हुँदा पनि अमेरिकाले व्यापारको ज्ञान चोरी गरेको आरोप लगाएको थियो।

अहिले ती दुवै चिनियाँ आफ्नै देशमा छन्। उनीहरू निजी ह्याकर भएको तर अहिले आफ्नो सरकारी अधिकारीलाई ह्याकमा सहयोग गरिरहेको दाबी अमेरिकाले गरेको छ ।  

ती दुई चिनियाँले गत जनवरीमा कोरोनाविरुद्ध खोप विकासका लागि अनुसन्धान गरिरहेका मासाच्युसेट्सस्थित एक बायोटेक फर्म र म्यारिल्यान्डस्थित एक कम्पनीविरुद्ध ह्याक गर्ने प्रयास गरेको अमेरिकाको आरोप छ।

अहिलेचाहिँ उनीहरूले अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्यान्ड्स, स्पेन, स्विडेन र ब्रिटेनका कम्पनी र बायोटेक फर्मलाई निसाना बनाइरहेको अमेरिकाले आरोप लगाएको बिबिसीले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

अमेरिकाकै सांसदले भनिन् : यो ‘ट्रम्प भाइरस’ हो

प्रकाशित: ७ श्रावण २०७७ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App