७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रुसमा कोभिडबाट सात लाख भन्दा बढी संक्रमित

रुसमा कोरोना भाइरसका सात लाख भन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडका ७ लाख २० हजार संक्रमित देखिएका छन् । गएको २४ घन्टामा यहाँ छ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यहाँ संक्रमितको संख्या सात लाख नाघेको बताइएको छ । यहाँका विभिन्न ८३ सहरमा यी संक्रमित भेटिएका हुन् । रुसमा गएको २४ घन्टायता १८८ जनाको कोरोनाका कारण निधन भएको बताइएको छ । योसँगै रुपमा यस महामारीबाट मृत्यु हुने नागरिकको संख्या पनि ११ हजार २०५ पुगेको बताइएको छ ।

यहाँका अधिकांश संक्रमितहरुमा यो भाइरसको प्रकोपको कुनै लक्षण पनि नदेखिएको बताइएको छ । यहाँका संक्रमितहरु मध्ये २६ प्रतिशतमा मात्र यस भाइरसको लक्षण देखिएको बताइएको छ । यहाँ सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् ।

प्रकाशित: २७ असार २०७७ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App