१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

भारतको कानपुरमा डिएसपी सहित ८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरी कारवाहीमा मारिएका छन् ।  उत्तर प्रदेश प्रहरीकाअनुसार दुबे प्रहरी मुठभेडमा मारिएका हुन्।  

प्रहरीका अनुसार प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिएको थियो। गाडी पल्टिएपछि दबेले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएपछि उनको मृत्यु भएको बीबीसीले जनाएको छ।  

भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो। यो घटनालगत्तै भारतीय प्रहरीहरूले विकास दुवेको खोजी तीव्र पारेका थिए । सोही क्रममा दुवेका एक निकट सहयोगी पनि प्रहरी कारबाहीमा मारिएका थिए। उनलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्य प्रदेश प्रहरीलाई बुझाएका थिए।

प्रकाशित: २६ असार २०७७ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App