बंगलादेशको राजधानी ढाकाको बुरिगाङगास्थित नदीमा सोमबार बिहान दुई डुंगा आपसमा ठोक्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
सानो डुंगा, ठूलो पानी जहाजमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको डुंगामा ५० यात्रु रहेको र तीमध्ये २३ व्यक्तिको शव नदीबाट निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् ।
बाँकी यात्रु भने बेपत्ता रहेकाले खोजी भइरहेको बताइएको छ ।
प्रकाशित: १५ असार २०७७ १०:०९ सोमबार