२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘भारतीय–चिनियाँ सैनिकबीच यसरी भएको थियो घण्टौं भिडन्त’

गत हप्ता भएको भारत–चीनका सेनाबीच भएको भिडन्त निकै भयानक किसिमले घण्टौं भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो  हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई पनि गतिलै जवाफ दिएको देखिएको छ ।  

उक्त अखबारका अनुसार दुई देशका सेनाबीच घण्टौं लडाइँ भएको थियो। त्यस क्रममा धेरै सैनिक नदीमा खसे र मरे । अखबारले लेहको सोनम नुरबु मेमोरियल अस्पतालका एक चिकित्सकलाई उधृत गर्दै लेखेको छ– सैनिकको शव हेर्दा प्रस्ट भयो कि त्यो झडप कति ठूलो र हिंस्रक थियो । भारतीय सैनिकले चीनतर्फका पनि धेरै सैनिकलाई मारेको हुनुपर्छ । 

ती डाक्टर भारतीय सैनिकको उपचार गर्ने टोलीका एक सदस्य हुन्, जसले सैनिकको शव देखेको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ। 

त्यस भिडन्तमा भारतका २० सैनिक मारेको भारतीय सरकारले पुष्टि गरिसकेको छ तर अहिलेसम्म चीनले आफ्नातर्फ के कति क्षति भयो भनेर कुनै जानकारी दिएको छैन । बिबिसी

प्रकाशित: ८ असार २०७७ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App