६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानी तालिवानसँगको वार्ता दोहामा

अफगानिस्तानको सरकारी पक्ष र तालिवान विद्रोही पक्षबीच वार्ता हुने भएको छ ।    टोलो न्युजका अनुसार वार्ता हुने निश्चित गरिए पनि मिति भने तय भइनसकेको अधिकारीहरुले जनाएका छन् ।     वार्ता हुनुअगाडि सरकारले पाँच हजार तालिवान कैदीलाई जेलमुक्त गर्ने सहमति जनाइसकेको छ ।     

तालिवान विद्रोही समूहको विश्वस्त स्रोत र सरकारी पक्षको स्रोतले दिएको आधारमा समाचार सम्प्रेषण गरिएको टोलो न्युजले उल्लेख गरेको छ ।          

‘यस प्रक्रियाका लागि अफगानिस्तान सरकारले महत्त्वपूर्ण कदम चालेको छ, वार्ताका लागि अफगानी सरकारको टोली तयारी अवस्थामा रहेको छ,’ राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीलाई समाचारमा उद्धृत गरिएको छ ।     राष्ट्रिय हितलाई मध्यनजर गर्दै शान्ति वार्ताका लागि बलियोसँग उभिन तयार रहेको पनि उनको भनाइ छ ।      

अहिलेसम्म अफगानिस्तान सरकारले दुई हजार ७०० तालिवानी कैदीहरुलाई रिहा गरेको छ भने तालिवानी पक्षले ४५८ जना सरकरी पक्षका मान्छेहरुलाई रिहा गरिदिएको छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App