२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विषाक्त मदिरा सेवनबाट कुवेतमा २३ को मृत्यु, १६० बढी बिरामी

कुवेतमा मिथानोलयुक्त मादक पेय सेवनबाट हालसम्म २३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा नेपाली नागरिक समेत परेको बताइएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि १६० भन्दा बढी व्यक्तिको उपचार भइरहेको छ।

प्रभावितहरू अधिकांश एसियाली मूलका नागरिक रहेका छन्। मन्त्रालयले जनाएअनुसार ३१ बिरामी भेन्टिलेटरमा छन्, ५१ जनालाई आपतकालीन मृगौला डायलाइसिस आवश्यक छ। उता २१ जनाको दृष्टिमा स्थायी रूपमा कमी आएको छ।

धेरै बिरामी सघन उपचारमा छन्। डाक्टरहरूले २४ घण्टा निगरानी गरिरहेका छन्। शंकास्पद विषाक्तताको तुरुन्तै अस्पताल वा हटलाइनमा खबर गर्न आग्रह गरिएको छ। तर दूषित मदिराको स्रोतबारे विस्तृत जानकारी दिएको छैन। अनुसन्धान जारी छ।

भारतीय दूतावासले करिब ४० भारतीय नागरिक अस्पताल भर्ना भएको जनाएको छ। दूतावासले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै केहीको मृत्यु भएको, केहीको अवस्था गम्भीर रहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

अवैध मदिराको स्रोत अल शयुख ब्लक ४ बाट आएको अनुमान गरिएको छ, जहाँ कालोबजारीमा मदिरा बिक्री हुन्छ। कुवेतमा सन् १९६४ देखि मदिरा आयात र सेवनमा प्रतिबन्ध लगाइएको छ। तर अवैध उत्पादन र तस्करी रोकिएको छैन। एजेन्सी

प्रकाशित: ३० श्रावण २०८२ १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App