६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

कराचीमा यात्रुवाहक विमान दुर्घटना

पाकिस्तानको कराँचीमा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको छ । उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको पाकिस्तानी समाचार संस्थाहरुले जनाएको छ।

दुर्घटना परेकाे ए-३२० मोडेलको सो विमानमा ९० जना यात्रु रहेको पीआईएले जानकारी दिएकाे छ । सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन्।

दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ। पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।

प्रकाशित: ९ जेष्ठ २०७७ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App