१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो

मनिला- फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ। गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ। 

गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ। 

सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए। यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो। एएफपी

प्रकाशित: १८ मंसिर २०७६ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App