२७ श्रावण २०७७ मंगलबार
अन्तर्राष्ट्रिय

‘अक्टोबर ३१ मा नै ब्रेक्जिट’

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीया उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकता प्रस्ताव पेश गरेका छन्।

कार्यक्रममा सरकारका प्रमुख अजेन्डामध्ये युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) उच्च प्राथमिकतामा रहेको बताइएको छ। कार्यक्रममा महारानी एलिजावेथ द्वितीयाले संसद्लाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरेकी छन्।

बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा युरोपेली संघबाट बहिर्गमनका लागि बहुमत आएको भए पनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री थेरेसा मे र वर्तमान प्रधानमन्त्री जोनसनले गरेका प्रस्ताव बेलायती संसद्मा अनुमोदन हुनसकेका छैनन्।

‘मेरो सरकारले संयुक्त अधिराज्यलाई इयूबाट अक्टोबर ३१ मा नै बर्हिगमन गराउनका लागि सधैं उच्च प्राथमिकता राखेको छ,’ ९३ वर्षीय महारानी एलिजावेथले भव्य तथा शानदार गद्दीबाट सरकारी अधिकारीले तयार पारेका शब्द संसद्मा सम्बोधनका क्रममा बताइन्।

‘मेरो सरकारले युरोपेली संघसँग भविष्यका लागि स्वतन्त्र व्यापार र मैत्रीपूर्ण नयाँ साझेदारीका कार्य गर्न चाहिरहेको छ,’ उनले भनिन्। इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीति बेलायती कानुन अनुकूल प्रधानमन्त्री जोनसनले बहिर्गमन पूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन्।

बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहो¥याउँदै आएका छन्।
आगामी बिहीबार इयूसँग सम्झौता जोनसन सफल नभए सम्झौतारहित बहिर्गमन भएर राजनीतिक संकट आउन दिनुभन्दा थप केही समयका लागि प्रक्रियालाई लम्ब्याउने अनुमति लिने अनुमान विश्लेषकले गरेका छन्।

 

प्रकाशित: २८ आश्विन २०७६ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App