१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकको पछाडि बाँधेर घिसारियो (भिडियोसहित)

एजेन्सी - सडक मर्मतमा चासो नदिएको भन्दै मेक्सिकोको दक्षिणी भागका स्थानीयले मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका छन्।

सडकको दुराअवस्थाबाट दिक्क भएका स्थानीयले मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्। एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ।

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मत नगरेकोले यस्तो कदम चालिएको स्थानीयले बताएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन। स्थानीयले केही बेर घिसारेपछि प्रहरीले बचाएका थिए।

बीबीसीले उल्लेख गरेअनुसार मेयरमाथिको यो दोस्रो आक्रमण हो। यस अघि चार महिना पहिले पनि स्थानीयले मेयरको कार्यकक्ष घेरेका थिए। तर मेयर कार्यकक्षमा नभएकोले स्थानीयको आक्रमणबाट जोगिएका थिए। मेयरलाई सडकमा घिसारेको घटनामा संलग्न ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ।

 

 

प्रकाशित: २३ आश्विन २०७६ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App