१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्युनिसियामा सामुद्रिक किनाराको सुरक्षा कार्यक्रम सुरु

ट्युनिसिया - ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ। उक्त कार्यक्रम  गत  शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ।

यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि सामुद्रिक किनारा व्यवस्थापन र सुरक्षाको कार्यक्रम आरम्भ भएको बताएका छन्।

टुनिसियाको केबुला प्रान्तको नेबुलिायाको सामुद्रिक किनाराबाट यो कार्यक्रमको शुभारम्भ गरिएको थियो। शुक्रबार उक्त कार्यक्रमको शुभारम्भका लागि आयोजना गरिएको कार्यक्रममा ट्युनिसियाका लागि अमेरिकी राजदूत पनि उपस्थित हुनु भएको थियो।

यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सामुद्रिक किनाराको व्यवस्थापन र सुरक्षासम्बन्धी कार्यक्रम हाल आएर शुरु भएको छ र यसको सुरुआतपछि अब चरणबद्ध रुपमा अन्यत्र पनि विस्तार गर्दै लैजाने जनाइएको छ।

ट्युनिसियाको जलसेनाका प्रमुखले यस सामुद्रिक सुरक्षाको विशेष कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिएका थिए।

अमेरिकी जल सेनाका कमाण्डरको समेत उपस्थिति रहेको सो कार्यक्रममा ट्युनिसियाली जल सैन्य प्रमुखले अमेरिकी सरकारको सहयोग र विगत लामो समयदेखिको प्रयासका बाबजुद जलसैन्य समूहको अथक प्रयासबाट यो सुरक्षा कार्यक्रम सुरु भएको जानकारी दिए।

यसअघि यसै वर्षको मे महिनामा ट्युनिसियाको ट्युनिसमा अमेरिकी जल सैन्य कमाण्डर र सामुद्रिक किनारा सुरक्षा संयन्त्रको सहभागितामा संयुक्त बैठक भएको थियो।

ट्युनिसियाली रक्षा मन्त्रालयको आयोजनामा सम्पन्न भएको सो बैठकमा विशेषगरी सामुद्रिक किनाराको सुरक्षासम्बन्धी कार्यक्रमलई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भएको थियो।

प्रकाशित: २१ आश्विन २०७६ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App