१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

चेङ्दु- चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ। 

स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५  जना बेपत्ता रहेका र  खोजी कार्य जारी रहेको  छ।  बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए। 

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट  मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन्।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरु भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए। 

विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन्।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पु¥याउदै गरेको जनाएको छ।  

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन्। तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन्।   

स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन्।  

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको  जनाइएको छ। सिन्ह्वा

प्रकाशित: ५ भाद्र २०७६ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App