१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भानुआतुमा शक्तिशाली भूकम्प

भानुआटु- प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआतुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो।

यस भूकम्पको केन्द्रविन्दु भानुआतुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो। यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन्। भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन्। भानुआतुमा भूकम्प र ज्वालामूखि जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ। एएनआइ

प्रकाशित: २२ श्रावण २०७६ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App