१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

लन्डन मेयरविरुद्ध पुनः बोले ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एकपटक लन्डनका मेयर सादिक खानविरुद्ध खनिएका छन् । मेयर सादिक ‘राष्ट्रिय लज्जा’ भएको र उनले बेलायतको पुँजी ध्वस्त गरिरहेको आरोप पनि राष्ट्रपति ट्रम्पले लगाएका छन् ।

बेलायतको राजधानी लन्डनमा २४ घण्टाको समयभित्र तीन जनाको ज्यान जाने र तीन जना घाइते हुने गरी भएका पाँच वटा हिंसात्मक आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पको मेयर सादिकविरुद्धको धारणा आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयदेखि लन्डनका मेयरविरुद्ध बोलिरहेका छन् । पछिल्लो ट्विट पनि त्यही संस्करणको निरन्तरता भएको बताइएको छ । यसै सप्ताहन्तमा भएका हिंसाबारे दक्षिणपन्थी आलोचक केट हप्किन्सले गरेको एउटा ट्विटलाई रिट्विट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मेयर सादिक ‘प्रकोप भएको’ र बेलायतको राजधानीमा नयाँ मेयरको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

त्यसकै केही समयपछि ट्रम्पले अर्को ट्विट गर्दै मेयर सादिक राष्ट्रिय लज्जा भएको र उनले लन्डन सहरलाई ध्वस्त गरिरहेको आरोप पनि लगाएका छन् । लेबर पार्टीका नेता जेरेमी कर्बिनले अमेरिकी राष्ट्रपति ट्रम्पले जनतालाई दुःख परिरहेको बेला मेयरविरुद्ध बोल्नु अत्यन्तै खराब भएको बताएका छन् । सहरका पाँचवटा हिंसात्मक घटना भएपछि लन्डन प्रहरीले गस्ती बढाएको छ ।

 

प्रकाशित: २ असार २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App