१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश

काठमाडाैं–भेनेजुएलाको एउटा विशेष अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ।

सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतङ्कवादसम्वन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिइएको हो। गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए।

उनीहरुले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए। त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए। त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनलाई काराबास राख्न आदेश दिएको हो।

प्रकाशित: २८ वैशाख २०७६ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App