coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साइप्रसमा ‘सिरियल किलर’ पक्राउ, नेपाली महिला मारिएको आशंका

साइप्रस -  साइप्रसमा एक ‘सिरियल किलर’ पक्राउ परेका छन्। विभिन्न देशका ७ जना महिलाको हत्यामा संलग्न ३५ वर्षीया ‘सिरियल किलर’ पक्राउ परेका हुन्।

मृतक महिलामध्ये २ जनाको शव यसै महिना एक खानीसम्म पुग्ने बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो। शव फेला परेका तीनै महिला फिलिपिन्सका रहेका छन्।

पक्राउ परेका व्यक्ति सेनाका जागिरे हुन्।पक्राउ परेपछि ३५ वर्षिय ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका हुन्। उनले दिएको सूचनाका आधारमा प्रहरीले थप शवको खोजी गरिरहेको छ।

मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ । मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन्। स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न रहेको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित: १३ वैशाख २०७६ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App