८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीले ९० वर्षीया आमासँगै गुजरातमा गरे मतदान

अहमदाबाद– भारतमा जारी लाेकसभा निर्वाचनअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले ९० वर्षीया आमा हिराबेनसँग गुजरातको अहमदाबादमा मतदान गरेका छन्। 

प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल पुगेका थिए। शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार छन्। शाहले पनि गुजरातमै मतदान गरेका थिए।

प्रधानमन्त्रीले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे। उनले आतङ्कवादीले प्रयोग गर्ने बिस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदान परिचयपत्र बढी शक्तिशाली रहेको पनि बताए। 

गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मंगलबार चुनाव हुँदैछ। गुजरातमा ३७१ जना चुनावी मैदानमा छन्। 

प्रकाशित: १० वैशाख २०७६ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App