१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

लण्डन– विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। इक्वेडरको दूतावासबाट उनलाई बेलायती प्रहरीले पक्राउ गरेको हो।

असान्जले दूतावास छाड्न मानिरहेका थिएनन्। २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका उनले पक्राउ पछि पनि दूतावास छाड्न मानिरहेका थिएनन्।

यौन दुर्व्यवहारको आरोप लागेपछि उनी दूतावासको शरणमा बस्दै आएका थिए।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले भनेका छन्, ‘उनले अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु नियमित उल्लङ्घन गर्दै आएका छन्। त्यसैले उनको शरण समाप्त भएको छ।’ 

प्रकाशित: २८ चैत्र २०७५ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App