१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१० लडाकु मारिए

काबुल – अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकु मारिनुका साथै दर्जनौं घाइते भएको सेनाले जनाएको छ।

सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनःमुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए। लडाकु विमानसहित गरिएको उक्त सैनिक कारबाही लडाकु पूर्ण रूपमा परास्त नहुँदासम्म जारी रहने बताइएको छ तर रेजाइले सुरक्षा फौजतर्फ भएको क्षतिबारे केही बताएका छैनन्। तालिबानले सरकारी फौजको कारबाहीका बारेमा केही बताएको छैन। गत नोभेम्बरमा तालिबान र अमेरिकी प्रतिनिधिबीच वार्ता सुरु भएपछि सरकार र तालिबानबीच एकअर्का विरुद्धको कारबाहीमा अझ तीव्रता आएको छ।

प्रकाशित: २० माघ २०७५ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App