१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

वासिङटन- संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजीनामा दिएकी छिन्। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजीनामा दिएकी हेलीले मंगलबारै ट्रम्पलार्इ राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट्ने कार्यक्रम छ। उनको राजीनामाको कारणबारे केही उल्लेख गरिएकाे छैन्।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन्।

प्रकाशित: २३ आश्विन २०७५ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App