६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

काबुल- अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन्। अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्। 

आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ। जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ। जिल्लामा भिडन्तका खबरहरु प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ। 

तथापी, एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताएका छन्। उनले भीडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरु धेरै घाइते भएको दाबी गरे। तालिबानले भने आक्रमणका बारेमा केही बताएको छैन।

प्रकाशित: २३ आश्विन २०७५ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App