१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे किमकाे पत्र सार्वजनिक

तस्विर : एजेन्सी

वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको पत्र सार्वजनिक गरेका छन्।

पत्रमा किमले अमेरिकासँग द्विपक्षीय सम्बन्धमा ‘नयाँ भविष्य’ को अपेक्षा उल्लेख गरेका छन् । ६ जुलाइमा लेखिएको सो पत्रलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘धेरै राम्रो पत्र’ भन्दै सार्वजनिक गरेका हुन्।

पत्रमा उत्तर कोरियाकातर्फबाट परमाणु निशस्त्रीकरणका प्रयासबारे उल्लेख गरिएको छैन । अघिल्लो महिना ट्रम्प र किमबीच सिंगापुरमा भएको शिखर वार्तामा भने उत्तर कोरियाको परमाणु निशस्त्रीकरणकाे मुद्दा  प्रमुख प्राथमिकतामा थियो ।

ट्रम्पले कोरियाली भाषाको सो पत्रको अंग्रेजी अनुवाद समेत सावजनिक गरेका छन् ।

प्रकाशित: २९ असार २०७५ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App