१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूस र चीन लगायतका केही शक्तिशाली मुलुक इरानकाे पक्षमा

भियना-  इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन्।

संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन र जर्मनीसहितका विश्वका शक्ति राष्ट्रहरूले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिदै आएकोे छ।

 तीन यूरोपेली शक्तिराष्ट्र, रूस र चीनले इरानसँग संयुक्त विज्ञप्ति जारी गरी आफूहरू इरानसँग आर्थिक सम्बन्ध राख्न प्रतिवद्ध रहेको जनाएका छन् । उनीहरूले इरानले तेल र ग्यास लगायतका अन्य इन्धनजन्य उत्पादन आपूर्ति गर्न पाउने पनि विज्ञप्तिमा जनाएका छन्।

प्रकाशित: २३ असार २०७५ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App